२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


एमाले सांसदको बहिष्कारकै बीच लुम्बिनीमा मुख्यमन्त्री केसीले सदनसँग मागे विश्वासको मत


0
Shares

रुपन्देही, भदौं ७ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सभामा आफूलाई विश्वासको मत दिन सदनसमक्ष आग्रह गर्नुभएको छ ।

सोमबार अपरान्ह बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री केसीले विश्वासको मत दिन सदनसमक्ष आग्रह गरिरहँदा प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदले भने बैठक बहिष्कार गरेका छन् ।

सदनसमक्ष विश्वासको मत दिन आग्रह गर्दै केसीले ‘कर्ट्सीकै लागि भए पनि शुभकामना प्राप्त होला भन्ने ठानेको थिएँ । यति पाको राजनीतिक पार्टी राम्रै संस्कार होला भन्ने थियो । सत्ता बहिर्गमनको आक्रोश भए पनि आन्दोलनको सहयात्री हुनुको नाताले कर्टसीकै रुपमा भए पनि अगाडि बढाउनुपर्थ्यो ।’

एमालेले भने सांसद अजय शाही र विमलाकुमारी खत्री वलीलाई कारबाही नगरेसम्म प्रदेशसभाको बैठकमा सहभागी नहुने भन्दै बहिष्कार गरेको हो । एमाले प्रदेश संसदीय दलका उपनेता वैजनाथ चौधरीले बैठक औचित्यहीन भएकोले पार्टीले बहिष्कार गरेको प्रतिक्रिया दिनुभएको छ ।

लुम्बिनी सभामा नेपाली कांग्रेसका १९, माओवादीका १९, जसपाका ३, जनमोर्चाका १ सांसद छन् । प्रतिपक्षी एमालेसँग भने ३८ जना सांसद छन् ।