५ असार २०८२, बिहिबार | Thu Jun 19 2025


स्याङ्जामा अब एप्समार्फत ‘अफलाइन कक्षा'(भिडियो)


0
Shares

सागर न्यौपाने
स्याङजा । कोरोनाका कारण डेढ वर्षदेखि शैक्षिक क्षेत्र लगभग बन्दको अवस्थामा छ । विद्यार्थीहरु भौतिक रुपमा कक्षामा उपस्थित हुन पाएका छैनन । शैक्षिक संस्थाहरुले अनलाइबाट कक्षा सञ्चालन गर्दै आएका छन् । तर इन्टरनेटको पहुँच नभएका क्षेत्रमा पनि पठनपाठन मुस्किल बनेको छ । गण्डकी प्रदेश सरकारले भने अफलाइन एप्सको माध्यमबाट विद्यार्थीहरुको पठन पाठन गराउन सुरुवात गरेको छ ।

कोरोना संक्रमणको जोखिमका कारण भौतिक रुपमा कक्षा नहुने र अनलाइन शिक्षामा सबैको पहुँच नपुग्ने भएका कारण नयाँ प्रविधीको विकल्पको रुपमा अफलाइन शिक्षालाई कार्यान्वयनमा ल्याउन लागिएको हो ।

यो शिक्षा प्रणालीलाई प्रभावकारी मानिएकाले यो प्रविधिको प्रयोग गरी शैक्षिक क्रियाकलाप सुचारु गर्न जिल्लाका सबै विद्यालयहरुलाई निर्देशन समेत दिइएको छ । एप्सको उद्घाटन गर्दै गण्डकी प्रदेशका शिक्षा मन्त्री मेखलाल श्रेष्ठले ब्यवहारिक र भुगोल सुहाउँदो शिक्षा अहिलेको पहिलो आवश्यकता रहेकाले यो प्रणाली उपयुक्त भएको बताउनुभयो ।

शिक्षा मन्त्रालयले वैकल्पिक शिक्षा पद्धतिलाई नै सिकाइको मूल आधार मानेर शैक्षिक गतिविधि सञ्चालन गर्न अफलाईन एप्स प्रभावकारी हुने जनाएको छ । कोरोना महामारीका कारणले शैक्षिक संस्था बन्द छन् । ग्रामीण¸ पहाडी र दुर्गम क्षेत्रको वाहुल्यता रहेको प्रदेशमा यस्ता अनलाइन तरिकावाट प्रसारित सामग्रीहरुमा सबै विद्यार्थीको पहुँच पुग्न सकेको छैन । ल्यापटप, कम्युटर, मोबाइल नहुनु¸ मोबाइलको नेटवर्क र इन्टरनेट सवै स्थानमा पुग्न नसकेका कारण अनलाइन भन्दा अफलाइन कक्षा प्रभावकारी हुने दहथुम मााध्यमिक बिद्यालयका प्रधानाध्यापक बेदप्रसाद अर्यालको भनाई छ ।

जुम कक्षा लिइरहेकै बेला कहिले लोडसेडिङ त कहिले इन्टरनेट ढिलो भएर समस्या हुने गरेको छ । भनेको समयमा राम्रोसंग कक्षा लिन समस्या भएको देखिन्छ । लाइन गएपछि वाइफाइ पनि जाने भएकाले बिद्यार्थीहरुलाई मर्का परेको मन्जु काफ्लेको भनाई छ ।

कोरोनाको प्रभावमा विद्यालयय वन्द रहँदा विद्यार्थीको पढाइलाई निरन्तरता दिने प्रयास स्वरुप अनलाइन र अफलाइनमा आधारित सामग्रीको खोजी गरी सवै विद्यालय र विद्यार्थीको माझ पुर्याउने उपयुक्त उपाय अहिले यहि एप्स भएको छ ।

विद्यालयमा परीक्षण प्रभाकारी भएमा प्रदेश भित्रका एक हजार ४ सय ४८ वटा बिद्यालयका कक्षा ६ देखि १२ कक्षा सम्मका तीन लाख ६४ हजार चार सय विद्यार्थी लाभान्वित हुनेगरी प्रविधिको विस्तार गर्न आवश्यक देखिन्छ ।