
काठमाडौं, मंसिर २५ । बिहीबार उधौली पर्व र योमरी पुन्ही (ज्यापु दिवस) भएपनि सार्वजनिक बिदा भने दिइएको छैन ।
किराँत समुदायको उधौली पर्व र नेवार समुदायको योमरी पुन्ही (ज्यापु दिवस)को दिन सार्वजनिक बिदा हो वा होइन भनेर सबै झुक्किरहेको बेला सरकारले सार्वजनिक बिदा नभएको जनाएको छ ।
धेरै भित्तेपात्रोहरुमा यो दिनलाई रातो जनाएर सार्वजनिक बिदा जनाएपनि गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारले सार्वजनिक बिदा नभएको जानकारी दिए ।
सूचना विभागले जारी गरेको पात्रोमा भएकोबाहेक अन्य दिन सार्वजनिक बिदा नभएको उनको भनाइ छ । रासस
प्रतिक्रिया दिनुहोस्