
सर्लाही, मंसिर २५ । सर्लाहीमा सशस्त्र प्रहरी बलले बरामद गरेको विभिन्न प्रजातिका २०० ओटा चरा बुधबार दिउँसो राष्ट्रिय वन क्षेत्रमा छाडिएको छ ।
सदरमुकाम मलंगवास्थित सीमा क्षेत्रबाट तस्करले सुगा र भँगेरा जातका चरा भारततर्फ लैजानेक्रममा सशस्त्र प्रहरीले बरामद गरेको हो ।
बरामद गरिएका चरालाई लालबन्दीस्थित राष्ट्रिय वन क्षेत्रमा ल्याएर छाडिएको जिल्ला वन कार्यालय सर्लाहीले जनाएको छ ।
भारतबाट चरा लिएर आउँदै गर्दा एउटा भारतीय मोटरसाइकलसमेत बरामद गरिएको छ ।
चरा लिएर आउने तस्कर भने फरार छन् ।
सरकारले विभिन्न प्रजातिका चराचुरुङ्गी बेचविखनमा प्रतिबन्ध लगाएको छ । तर, जिल्लाको वन क्षेत्र तथा भारतबाटसमेत ल्याएर लुकिछिपी चराचुरुङ्गीको व्यापार भइरहेको स्थानीयले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्