
वीरगन्ज, मंसिर २५ । पर्साको सिर्सियाका बासिन्दाले सुक्खा बन्दरगाहमा परेको जग्गाको मुआब्जा पुनःमूल्यांकनको माग गर्दै प्रदर्शन गरेका छन् ।
बुधबार वीरगन्ज महानगरपालिका–२५, खलवाटोला, सिर्सियावासीले प्रदर्शन गर्र्दै पर्साका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई निवदेन दिएका हुन् ।
उनीहरुले अधिग्रहण गर्न लागिएको ६२ विगाह जग्गाको मूल्यांकन न्यून भएको भन्दै मुआब्जाको पुनःविचार गर्न अपिल गरेका हुन् ।
सिर्सियावासी विगत पाँच दिनदेखि वीरगन्ज–पोखरिया सडकखन्डको ‘ड्राइपोर्ट’चोकमा धर्नासमेत बस्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्