काठमाडौं, मंसिर २५ । काठमाडौंको हात्तीसारस्थित ढुंगेधारा क्षेत्रको उत्खनन्को रिपोर्ट केही दिनमा आउने पुरातत्व विभागले जनाएको छ ।
सम्पदा अभियन्ताहरुको सक्रियतामा यही मंसिर ५ गते सो क्षेत्रमा उत्खनन् गरिएको थियो ।
विभागले उक्त क्षेत्रको अनुसन्धानपछि उत्खनन् प्रक्रियाअन्तर्गत् नै अहिले प्लास्टिक लगाएर पुरेको छ ।
ढुंगेधारा रहेको भनिएको स्थानमा पानी निस्किरहेको ढुंगेधाराको मुहान, पर्खाल, भुइँ र अरु संरचनाहरु भेटिएको थियो ।
ढुंगेधारा रहेको २४ आना ३ पैसा ३ दामको क्षेत्र २०५१ सालदेखि रोक्कामा रहेको छ ।
सम्पदा अभियन्ताहरुले पुरातात्विक र ऐतिहासिक महत्वको ढुंगेधारा पुरेर घर बनाउन खोजिएको हुनसक्ने भन्दै संरक्षणमा जुट्न आह्वान गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्