३० माघ २०८१, बुधबार | Wed Feb 12 2025


काम गरेवापत छुट्टै पैसा माग्छन सरकारी कर्मचारी !


0
Shares

कञ्चनपुर । आमनागरिकको सेवाका लागि खटिएका निजामति कर्मचारीले सरकारी अड्डामै काम गरेवापत रकम माग्न थालेपछि सेवाग्राही हैरान भएका छन् ।

जिल्ला मालपोत कार्यालय कञ्चनपुरका कर्मचारीले कामगरे वापत सेवाग्राहीसँग रकम मागेका हुन् ।

उनीहरुले खाजा खर्च उपलब्ध नगराए एकदिनमै हुने कामका लागि हप्तौसम्म कुराउने गरेको सेवाग्राहीको गुनासो छ ।

बैंकबाट ऋण झिक्नका लागि जग्गाको प्रक्रिया मिलाउन मालपोत कार्यालय जाँदा कर्मचारीले आलटाल गरेको माहाकाली नगरपालिका १ का बासुदेव भट्टले बताए ।

उनले अघिल्लो दिन मोठ भिडाउन पटक–पटक फाँटमा जाँदा फर्काएका कर्मचारीले अर्को दिन काम गरेवापत आफूसँग खाजा खर्च भन्दै रकम माग गरेको बताए ।

कर्मचारीले खुलेयाम रुपमा खाजा खर्च भन्दै रकम माग्ने गरेपनि उनीहरुमाथि कुनै किसिमको कारवाही हुन सकेको छैन ।

यता कर्मचारीले रकम मागेको बारे कुनै किसिमको गुनासो तथा जानकारी नआएको मालपोत कार्यालयले जनाएको छ ।