
काठमाडौं, मंसिर २४ । चालू आर्थिक वर्षको पाँच महिना पूरा हुन लाग्दासम्म पुँजीगत खर्च जम्मा ८ प्रतिशत बराबरमात्र भएको छ ।
महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पाँच महिनामा चालू खर्चको एकतिहाइमात्रै पुँजीगत खर्च भएको हो ।
मंसिर २४ गतेसम्म २४.५६ प्रतिशत चालू खर्च हुँदा पुँजीगत खर्च भने जम्मा ८.२७ प्रतिशतमात्रै खर्च भएको कार्यालयको तथ्यांक छ ।
यस अवधिमा ६.१७ प्रतिशत वित्तीय खर्च भएको कार्यालयले जनाएको छ ।
चालू आर्थिक वर्षका लागि ९ खर्ब ५७ अर्ब चालू खर्चका लागि छुट्याइएकोमा यस अवधिमा दुई खर्ब ३५ अर्ब अर्थात् २४ प्रतिशत खर्च भएको छ ।
यस्तै, यसै अवधिमा पुँजीगत खर्च चार खर्ब ८ अर्ब छुट्याइएकोमा ३४ अर्बमात्रै खर्च भएको छ ।
यस अवधिमा सीधा भुक्तानी २१ करोड ९१ लाख भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्