२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025


‘वैदिकलाई न्याय परिषद्ले न्यायाधीशमा सिफारिस नगर्ने’


0
Shares

बुटवल, मंसिर २४ । सर्वोच्च अदालतमा रिक्त न्यायाधीशमा न्याय परिषद्को सदस्यबाट राजीनामा दिएका पदमप्रसाद वैदिकलाई न्याय परिषद्ले नियुक्तिका लागि सिफारिस नगर्ने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले वैदिकलाई न्यायाधीश नियुक्त गर्नेबारे छलफल भएपनि नेपाल बार एसोसिएसनले विरोध गरेपछि प्रक्रिया रोकिएको बताए ।

मंगलबार बुटवलमा आयोजित मानवअधिकारसम्बन्धी राष्ट्रिय सम्मेलन तथा ४६औं केन्द्रीय कार्यकारिणी परिषद्को बैठकको उद्घाटनका क्रममा प्रधानन्यायाधीश राणाले न्यायाधीश नियुक्तिका विषयमा प्रश्नहरु उठिरहँदा बार एसोसिएसनको भावनाविपरीत नियुक्ति नगर्ने बताए ।

जबरालाई प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गरेका वैदिक आफैं न्यायाधीशका लागि इच्छुक देखिएका थिए ।