Logo २५ असार २०८३, बिहिबार | Fri Jul 10 2026


सेनाको गाडीले ठक्कर दिँदा एकजनाको मृत्यु, एक घाइते


0
Shares

वद्री नयाँघरे (इमेज)

रामेछाप, मंसिर २४ । रामेछापको रामेछाप नगरपालिका–८, भंगेरीमा नेपाली सेनाको गाडीले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रामेछाप नगरपालिका–८ का १४ वर्षीय सुनिल घिसिङ रहेका छन् ।

मंगलबार दिउँसो भएको उक्त दुर्घटनामा रामेछाप–८ कै १४ वर्षीय रामकृष्ण शाही घाइते भएका छन् ।

रामेछापको पुरानो सदरमुकाम रामेछापबजारबाट मन्थलीतर्फ जाँदै गरेको नयाँ गोरखदल गण रामेछापको ना१झ १०७० नम्बरको जिप विपरीत दिशाबाट आउँदै गरेको बा३९प ३९४८ नम्बरको मोटरसाइकलमा ठोक्किएको थियो ।

उक्त मोटरसाइकल घिसिङले चलाएका थिए । घाइते शाही मोटरसाइकलको पछाडि सवार थिए ।

घाइते शाहीको जिल्ला अपताल रामेछापमा उपचार भइरहेको छ । मृतकको शव पोस्टमार्टमका लागि सोही अस्पतालमा राखिएको छ ।

उनीहरु दुवैजना भंगेरीस्थित श्री माविको कक्षा–८ मा अध्यनरत् विद्यार्थी भएको  जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता रविभूषण यादवले जानकारी दिए ।

प्रवक्ता यादवकाअनुसार मोटरसाइकल तीव्रगतिमा थियो । मोटरसाइकलचालक भर्खरै मोटरसाइकल चलाउन सिक्दै गरेका र उनले हेलमेट पनि नलगाएकाले पनि उनको ज्यान गएको हुनसक्ने अनुमान गरिएको छ ।