
सर्लाही, मंसिर २४ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले सीप सिकेर दक्ष बनेपछिमात्रै वैदेशिक रोजगारीमा जान सुझाव दिएका छन् ।
मंगलबार गृहजिल्ला सर्लाहीस्थित आफ्नै निर्वाचन क्षेत्रमा पर्ने वागमती नगरपालिकाले गरेको सम्मान कार्यक्रममा उनले यस्तो आग्रह गरेका हुन् ।
श्रम तथा रोजगार क्षेत्रको समस्या र विकृति–विसंगति अन्त्य गर्न लागि आफू लागिपरेको उनले बताए ।
मन्त्री यादवले रोजगारीको सिलसिलामा विदेशिएका युवालाई स्वदेशमै रोजगारीको वातावरण सिर्जना गर्न सरकार प्रयत्नशील रहेको पनि बताए ।
प्रतिक्रिया दिनुहोस्