काभ्रे, मंसिर २४ । महाभारत गाउँपालिकामा भूकम्पले क्षति पुर्याएको ३२ वटा विद्यालय भवन पुनःनिर्माण गरी हस्तान्तरण गरिएको छ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वनय इकाई(शिक्षा)को आयोजनामा विद्यालय भवन निर्माण गरी हस्तान्तरण गरिएको हो ।
२०७२ सालमा गएको महाभूकम्पले महाभारत गाउँपालिकामा रहेका ४९ वटा विद्यालयमध्ये ४४ वटा विद्यालयको भवन कामै नलाग्ने गरी भत्काएका थिए ।
ती मध्ये अहिलेसम्म ३२ वटा भवन निर्माण सम्पन्न भएर विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिसकेको जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा)का ईञ्जिनियर सोभित श्रेष्ठले जानकारी दिए ।
बाँकी विद्यालयहरुको भवन निर्माणाधिन अवस्थामा रहेको र केहीको शिलान्यास भएर निर्माण चरणमा रहेको समेत श्रेष्ठले बताए ।








प्रतिक्रिया दिनुहोस्