२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025


बाँदर कुर्न १४ लाख खर्च


0
Shares

धनकुटा, मंसिर २४ । राष्ट्रिय सुन्तलाजात अनुसन्धान कार्यक्रम पारिपात्लेले बाँदर कुर्नकै लागि वार्षिक १४ लाख रुपैयाँ खर्च गर्ने गरेको छ ।

तर त्यही सुन्तला बिक्रीबाट पारिपात्लेले वार्षिक करिव दश लाख रुपैयाँ मात्र आम्दानी गर्ने गरेको छ ।

केन्द्रमा उत्पादन हुने सुन्तला बाँदरले नस्ट गर्न थालेपछि केही वर्ष यता बाँदर धपाउन कर्मचारी नै राखेर कार्यालयले खर्च गर्दै आएको छ ।

सुन्तला चिचिला लागेदेखि दाना नलागेसम्म करिब पाँच महिना दैनिक १८ जना कर्मचारी बाँदर धपाउन खटिने गरेका छन् । 

तीन ब्लकमा तीन तीन जनाको दरले बिहान र दिउँसो गरी १८ जना बाँदर कुरुवा परिचालन गर्ने गरेको कार्यालयका प्राविधिक गोपाल सिलुवालले जानकारी दिए ।

उनीहरुले न्यूनतम ज्याला दैनिक पाँच सय १७ रुपैयाँ पाइरहेका छन् । केन्द्रमा वार्षिक करिब ३० मेट्रिकटन सुन्तला उत्पादन हुने गरेको छ ।

सो केन्द्रको सुन्तला गत वर्ष नौ लाख रुपैयाँमा मात्र ठेक्का लागेको थियो ।