२१ बैशाख २०८२, आइतबार | Mon May 5 2025


नेपाल नेतृत्वको नेकपा एमाले (समाजवादी) दर्ताका लागि आयोगमा निवेदन, खनाल वरिष्ठ नेता

९५ सदस्यीय केन्द्रीय कमिटी, दोस्रो तहका नेताले दिएनन् साथ

0
Shares

madhav nepal@nirwachan aayog

काठमाडौं, भदौं २ । अन्ततः नेकपा एमाले औपचारिक रुपमै विभाजित भएको छ । सो पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले समाजवादी नामको नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएसँगै एमाले विभाजित भएको हो ।

नेपाल अध्यक्ष र झलनाथ खनाल वरिष्ठ नेता रहेको एमाले समाजवादीलाई तत्कालीन नेकपा एमालेका ५८ जना केन्द्रीय कमिटी सदस्य र प्रतिनिधि र राष्ट्रिय सभाका गरी ३१ जना सांसदको साथ रहेको छ । उनीहरु दल दर्ताका लागि आयोग पुगेका हुन् ।

नेपाल अध्यक्ष र खनाल वरिष्ठ नेता रहेको एमाले समाजवादीमा बाँकी सबै केन्द्रीय सदस्य रहेका छन् । नेता राजेन्द्र पाण्डेका अनुसार केन्द्रीय कमिटी ९५ जनाको हुनेछ ।

आयोग परिसरमा नेता पाण्डेले भन्नुभयो, ‘एमालेका ५८ जना केन्द्रीय कमिटी सदस्य उपस्थित भएर नयाँ दल दर्ता गर्ने निर्णय ग¥यौँ । एमालेभित्र ओलीले गरेको व्यवहार, संसदलाई पटक पटक भंग गर्ने काम गरे । संसद् र संविधानको रक्षाका लागि पटक पटक आवाज उठायौँ । कतैबाट पनि सम्भव नभएपछि नयाँ दल एमाले समाजवादी दर्ता गरेका छौँ । चाँडै नै राष्ट्रिय सम्मेलन पनि गर्नेछौँ ।’

शुरुमा नेपाल पक्षलाई पार्टी विभाजनमा साथ दिने बताएका एमाले उपाध्यक्ष वामदेव गौतम भने नयाँ पार्टीको केन्द्रीय समितिमा छैनन् ।
चुनाव चिह्नबारे टुंग्गो लागि नसकेको भन्दै पाण्डेले किताव प्रस्ताव गरिए पनि उक्त चिह्न अरु नै दलको नाममा रहेकाले कलम वा अरू केही हुनसक्ने बताउनुभयो ।

नेपालले नयाँ दल दर्ता गराए पनि उहाँको पक्षमा रहेका दोस्रो तहका नेताहरुले भने अन्तिम समयमा आएर पार्टी फुटाउन भने साथ दिएनन् । यसरी साथ नदिनेमा अधिकांश उहाँ पक्षीय स्थायी कमिटीका नेताहरु छन् ।