
काठमाडौं, मंसिर २३ । सोमबार सेयरबजारमा दोहोरो अंकको सुधार आयो ।
पछिल्ला चार दिनदेखि सामान्य अंकले सकारात्मक रहँदै आएको बजार यसदिन दोहोरो अंकले बढेको हो ।
यसदिन कारोबार पनि बढेकाले लगानीकर्ता केही उत्साही देखिएको छ । बजार परिसूचक नेप्से साढे १३ अंकले उकालो लागेर ११ सय ४८ पुग्यो ।
सुरुआती समयदेखि उकालो लागेर १९ अंकले सुधार भइसकको नेप्से अन्तिम समयमा केही करेक्सन भएर १३ अंकले सुधारिएर थामिएको हो ।
मंगलबारदेखि सकारात्मक रहेको बजार त्यसयतामात्रै ३७ अंकले उकालो लागेको छ ।
यसदिन कारोबार भएको अधिकांशजसो समूह सकारात्मक रहे । निर्जीवन बिमा समूह सबैभन्दा उच्च १५६ अंकले, जीवनबिमा समूह ६० अंकले अनि लघुवित्त समूह पनि ५० अंकले उकालो लाग्यो ।
उत्पादनमूलक, विकास बैंक, व्यापार, जलविद्युत्, होटल समूह पनि दोहोरो अंकले सुधारिए । वाणिज्य बैंक र वित्त समूह भने ७/७ अंकले सकारात्मक रहे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १७३ कम्पनीका १४ लाख ६० हजार बराबर कित्ता सेयर साढे ४६ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्