काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीले गएराती थप तीन वटा घर बगाएको छ । मेलम्ची नगरपालिका–६ नेपाने बगरमा रहेका तीन वटा घर बाढीले बगाएको हो ।
स्थानीय कृष्णबहादुर थापा, भोजबहादुर थापा र दिपेश थापाको घर बगाएको र अन्य घरहरु पनि जोखिममा रहेको जनाइएको छ । बाढीको कटानले पहिले नै जोखिममा परेका ती घरमा मानिस भने नरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गत असार यता पटक पटक आएको बाढीले सिन्धुपाल्चोकका हेलम्बु र मेलम्ची क्षेत्रमा डेढसय घर टहरा बगाइसकेको छ । बाटीबाट पाँच जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता छन् ।
प्रतिक्रिया दिनुहोस्