३० माघ २०८१, बुधबार | Wed Feb 12 2025


२०८१ वैशाखसम्म ‘फास्टट्रयाक’को निर्माण सकिन्छ : सेना


0
Shares

काठमाडौं, मंसिर २३ । नेपाली सेनाले काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्टट्रयाक)को निर्माण २०८१ को वैशाखमा सकिने जनाएको छ ।

सोमबार सैनिक मुख्यालय जंगीअड्डामा आयोजित पत्रकार सम्मेलनमा नेपाली सेनाका प्राविधिक सहायक रथी शरदलाल श्रेष्ठले वि.सं. २०८१ वैशाखसम्म फास्टट्रयाकको निर्माण सकिने बताए ।

राष्ट्रिय गौरवको आयोजना द्रुतमार्गको जिम्मेवारी पाएको नेपाली सेनाले निर्माणको काम गरिरहेको छ ।

फास्टट्रयाक निर्माणमा ढिला भइरहेको भन्दै आलोचना भएका बेला नेपाली सेनाले अबको करिब साढे ४ वर्षपछि निर्माण सकिने जानकारी दिएको हो ।

काठमाडौं–निजगढ जोड्ने कुल ७२.५ किलोमिटर लामो फास्टट्रयाकमा ५५.५ मिटर सडक, ६.४१ मिटर सुरुङ र १०.५९ किलोमिटर पुल रहनेछ ।

ललितपुरको खोकना प्रवेशविन्दु रहेको फास्टट्रयाक पहाडी क्षेत्रमा २५ मिटर र समथर भू–भागमा २७ मिटर फराकिलो हुने सेनाले जनाएको छ ।

फास्टट्रयाकका तीन ठाउँमा सुरुङमार्ग हुनेछ । महादेवडाँडामा ३.३ किमि, धेद्रेमा १.६ किमि र लैनडाँडामा १.४ किलोमिटर लामो सुरुङ हुनेछ ।

फास्टट्रयामा ८७ ओटा पुल रहनेमा १६ ओटा विशेष प्रकृति र ७१ ओटा अरु पुल रहने जनाइएको छ ।