
काठमाडौं, मंसिर २३ । साताको दोस्रो दिन सोमबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार प्रतितोला रु. पाँच सय ले घटेको सुनको मूल्य सोमबार पनि प्रतितोला रु. दुई सय ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सोमबारका लागि छापावाला सुनको मूल्य प्रतितोला रु. ७१ हजार तोकेको छ ।
आइतबार छापावाला सुन प्रतितोला रु. ७१ हजार दुई सय मा खरिदबिक्री भएको थियो । यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला रु. ७० हजार सात सय कायम गरिएको छ ।
आइतबार तेजाबी सुनको प्रतितोला रु. ७० हजार नौं सय मा कारोवार भएको थियो ।
स्थानीय बजारमा चाँदीको मूल्य पनि ओरालो लागेको छ । महाससङ्घले चाँदीको मूल्य प्रतितोला रु. आठ सय ३५ निर्धारण गरेको छ ।
आइतबारको तुलनामा सोमबार चाँदीको मूल्य प्रतितोला रु पाँचले घटेको हो । रासस
प्रतिक्रिया दिनुहोस्