
काठमाडौं । नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनान) पछिल्लो समय सक्रिय बन्दै जान थालेको छ ।
कुनै समय अन्तर्राष्ट्रिय क्षेत्रमा नै ख्याती प्राप्त यो अनुसन्धान केन्द्र २०४६ सालदेखि विभिन्न कारणले खुम्चिँदै गएको थियो ।
२०२५ सालमा स्थापना भएको यो केन्द्रमा अहिले भने ऐतिहासिक दस्तावेजको अध्ययन र अनुसन्धानलाई पून प्रकाशन गर्ने लगायतका काम सुरु भएको छ ।
आर्थिक,सामाजिक,भाषिक,सांस्कृतिक र अन्तर्राष्ट्रिय सम्बन्धबारे अध्ययन अनुसन्धान गर्ने नेपालको मुख्य अनुसन्धान केन्द्र नेपाल तथा एसियाली अध्ययन केन्द्र २०४६ सालपछि लामो समयसम्म अस्तव्यस्त बन्यो ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रको अध्ययन अनुसन्धान गरी सुझाव दिने उद्देश्यले स्थापना भएको केन्द्र कुनै समय नेपाल तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नै निकै प्रख्यात अनुसन्धान केन्द्रको रुपमालिने गरिन्थ्यो ।
त्रिभुवन विश्वविद्यालय अन्र्तगतको यो केन्द्र राजनीतिक हस्तक्षेपको शिकार बन्दा २९ बर्षसम्म नाम मात्रको अनुसन्धान केन्द्र बन्न पुग्यो ।
अहिले आएर सिनासलाई पूनर्जीवन प्रदान गर्न ५ करोड रकमको अक्षकोष स्थापना गरी कार्यक्रमहरु अगाडि बढाइएको छ ।
अक्षय कोषमा जम्मा रकमको व्याजबाट केन्द्रले वार्षिक ४० लाख प्राज्ञिक अध्ययन अनुसन्धानका लागि खर्च गर्न पाउने व्यवस्था गरिएको केन्द्रका निर्देशक मृगेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
अनुसन्धान केन्द्रले पिएचडी कार्यक्रम सञ्चालन गर्न सरकारसंग अनुमति समेत मागेको छ । यो विषय त्रिभुवन विश्वविद्यालयको सिनेट बैठकमा समेत उठेको थियो ।
पिएचडी कार्यक्रम सञ्चालन गर्न अनुमति पाए कुनै पनि लागत विना नै विदेशी विद्यार्थी ल्याएर पिएचडी कार्यक्रम सञ्चालन गर्ने र यसबाट विभिन्न क्षेत्रको अध्ययन अनुसन्धान गर्न सहयोग पुग्ने केन्द्रका निर्देशक डा कार्की बताउँछन् ।
सिनासले हाल नेपालको इतिहास बोकेका ८आठवटा पुस्तकहरुको पुनः प्रकाशन सुरु गरेको छ । गोपालवंशावली, मध्यकालिन र पूर्व मध्यकालिन अभिलेखलगायतको पूनः प्रकाशन गर्न लागेको छ । यस्तै यसअघि प्रकाशनमा नै नआएका अभिलेखहरु समेत प्रकाशनमा ल्याउन लागेको केन्द्रका निर्देशक डा.कार्कीले जानकारी दिए ।
बिस्तारै ब्यूँतदै गएको अनुसन्धान केन्द्रलाई सक्रिय बनाउदै लानसके प्राज्ञिक क्षेत्रको अध्ययन, अनुसन्धान र विकासमा धेरै नै सहयोग पुग्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्