
काठमाडौं । ठूला करदाता कार्यालयले एनसेललाई साढें २२ अर्ब बराबर कर निर्धाराण गरेको छ ।
कार्यालयले एनसेल बिक्रीमा २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ पूँजीगत लाभकर निर्धारण गरेको हो ।
कम्पनीलाई १५ दिन भित्र कर तिर्ने समय दिएर पत्र पठाइएको कार्यालयले जनाएको छ ।
कार्यालयले गत वैशाखमा ६० अर्ब ७१ करोड बराबर कर निर्धारण गरेकोमा कम्पनी उक्त निर्णय विरुद्ध सर्वोच्च गएको थियो ।
सर्वोच्चले जरिवाना मिनाहा गर्दै २१ अर्ब १० करोड बराबर कर निर्धाराण गराएको थियो ।
उक्त रकममा यस अवधिको ब्याज समेत जोडेर कार्यालयले २२ अर्ब ४४ करोड ५३ लाख कर निर्धारण गरेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्