
काठमाडौं । आइतबार पनि सुन चाँदीको भाउमा कमी आयो ।
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यस दिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ५ सयले ओरालो लागेर ७१ हजार २ सयमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार पनि ३ सयले कमी आएर ७१ हजार ७ सयमा कारोबार भएको थियो ।
यस दिन चाँदीको भाउ पनि १० रुपैंयाँले घटेर ८ सय ४० मा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आइतबार साँझसम्म सुन प्रति औंन्स १४ सय ६५ डलर हाराहारीमा कारोबार भैरहेको थियो ।
प्रतिक्रिया दिनुहोस्