५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025


शेयर बजार सकारात्मक


0
Shares

काठमाडौं । साताको शुरुको दिन आइतबार पनि शेयर बजार सकारात्मक रह्यो ।

उतार चढावबीच बजार परिसूचक नेप्से साढें ३ अंकले सकारात्मक रहेर ११ सय ३५ कायम भयो ।

कारोबार शुरु भएदेखि नै ऋणात्मक रहेको नेप्से अन्तिम समयमा युटर्न हुँदै सकारात्मकमा थामिन पुगेको हो ।

यस दिन आधा समूह हरियो रहे भने आधा रातो । अन्य, लघुवित्त, व्यापार, होटल, विकास बैंक र वाणिज्य बैंक समूह सकारात्मक रहे ।

अन्य र लघुवित्त समूह दोहोरो ंअंकले सकारात्मक रहे । बीमा, उत्पादनमूलक, जलविद्युत, वित्त र सामुहिक लगानी कोष ओरालो लागे ।

निर्जीबन बीमा समूह सबैभन्दा उच्च ३४ अंक र जीवन बीमा समूह दोहोरो अंकले घटे ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ७१ कम्पनीको करिब १० लाख कित्ता शेयर २९ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।