सुन्दरकुमार थकाली (इमेज)
मुस्ताङ, साउन १५ । मुस्ताङमा मेटल डिटेक्टर प्रविधियुक्त यन्त्र लिएर प्राचीन धातुको खोजी गर्न गएका एक युवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौं, कीर्तिपुर–४ का २३ वर्षीय सर्वोत्तम ढकाल हुन् ।
ढकाल १० दिनअघि पुराना धातुको खोजीमा मुस्ताङ पुगेको प्रहरीले जनाएको छ ।
उपल्लो मुस्ताङको लोभेकर–दामोदरकुन्ड गाउँपालिकाको पहाडनजिकैबाट सोमबार ढकाललाई पक्राउ गरिएको हो ।
उपल्लो मुस्ताङको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले निषेध गरेको क्षेत्रमा ढकाल उक्त यन्त्रसहित पक्राउ परेका हुन् ।
सो विषयमा खानी विभागको स्वीकृतिबिना निषेधित इलाकामा प्रवेश गरेको भन्दै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनलाई जिल्ला प्रहरी कार्यालय मुस्ताङको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्