४ आश्विन २०८०, बिहिबार | Thu Sep 21 2023


अवैध सम्बन्ध राख्न नमान्दा काकीमाथि निर्घात कुटपिट


0
Shares

राजविराज, असार १ । अवैध सम्बन्ध कायम गर्न राखेको प्रस्ताव अस्वीकार गर्दा एकल महिला आफ्नै सहोदर भतिजाबाट निर्घात कुटिएकी छन् ।

भनिता २५ वर्षीय नवीन मण्डलले अवैध सम्बन्ध कायम गर्न राखेको प्रस्ताव अस्वीकार गर्दा नगरपालिका–७ खर्साल टोलकी ३५ वर्षीया सुनिता मण्डलमाथि निर्घात कुटपिट भएको हो । भतिजा मण्डलले नै काकीलाई कुटेका हुन् ।

पीडित महिलाले पीडकविरुद्ध बिहीबार उजुरी दिएकी छन् । उजुरीमा बुधबार राति साढे १० बजेतिर अत्याधिक मदिरा सेवन गरी आएका भतिजा मण्डलले कोठामा आफूलाई एक्लै भेटेपछि कोठाको ढोका बन्द गरी अवैध सम्बन्ध राख्न प्रस्ताव र दबाब दिएको उल्लेख गरेकी छन् ।

प्रस्ताव अस्वीकार गर्दा भतिजाले बल प्रयोग गरेको र प्रतिकार गरेपछि मरणासन्न हुने गरी कुटपिट गरेको उनले उजुरीमा उल्लेख गरेकी छन् ।

सुनिताको पतिको आठ वर्षअघि सवारी दुर्घटनामा मृत्यु भएको थियो । –राजधानी दैनिकबाट