Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


भारतमा संचारकर्मी लम्साललाई डाक्टर अम्बेेेेडकर अवार्ड


0
Shares

काठमाडौं । संचारकर्मी आरती लम्साल डा. भिमराव अम्वेडकर अवार्ड २०१९ बाट सम्मानित भएकी छन् ।

भारतीय संविधान निर्माता डा. अम्बेेेेेेेडकरकाे नामबाट स्थापित सो अवार्डबाट संचारकर्मी लम्साल सम्मानित भएकी हुन् ।

भारतको राजधानी नयाँ दिल्लीमा आयोजित समारोहमा भारतीय अकादमीले डा. अम्बेडकर कलाश्री अवार्डबाट लम्साललाई सम्मान गरेको हो ।

जातीय विभेदको अन्त्य र महिला सशक्त्तिकरणमा योगदान पुर्याए बापत प्लम्साललाई सम्मान गरिएको अकादमीले जनाएको छ ।

जातिय विभेद विरूद्ध अन्तरजातिय बिबाह गरेकी लम्सालले पछिल्लो समय विभेद विरूद्धको अभियान समेत चलाईरहेकी छन् ।

कार्यक्रमा डा अम्बेडकर एक्सिलेन्सी सर्भिस अवार्डबाट सामाजिक अभियन्ता बिमला गौचन सम्मानित भएकी छन् । अग्रज समाजसेवी गौचन एकल महिला समुह म्याग्दीकी अध्यक्ष  हुन् ।

यसैगरी समाजसेवीहरू सुशीला कट्टेल गैरे र राजकुमार सुनार पनि सम्मानित भएको नेपाल अकादमीका अध्यक्ष ठाकुरचन्द्र गहतराजले जानकारी दिए ।

भारतका केन्द्रिय सामाजिक न्याय मन्त्री एवं राज्यसभा सांसद डा. सत्यनारायण जाटियाले अवार्ड वितरण गरेका थिए ।

भारत, नेपाल लगायत दक्षिण एसियाका सञ्चार, मानव अधिकार, सामाजिक र साहित्यको क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वलाई संस्थाले प्रत्येक बर्ष अम्बेडकर अवार्डबाट सम्मान गर्दै आएको छ ।