३० माघ २०८१, बुधबार | Wed Feb 12 2025


धनगढीमा सुदूरपश्चिम महोत्सव सुरु


0
Shares

कैलाली । कैलालीको धनगढीमा आज(आइतबार)देखि सुदूरपश्चिम महोत्सव सुरु भएको छ ।

सुदूरपश्चिमका लागि आर्थिक समृद्धि भन्ने नाराका साथ सुरु गरिएको महोत्सको पूर्व उपप्रधानमन्त्री भीम रावलले उद्घाटन गरे ।

कैलाली उद्योग वाणिज्य संघले २०६३ सालदेखि आयोजना गर्दै आएको  महोत्सवमा संघले सात बुँदे माग समेत पेश गरेको छ ।

पुस २ गते सम्म चल्ने महोत्सवमा व्यापारिक स्टलहरु लगायत स्थानीय खानाका परिकार राखिएको छ ।

महोत्सबमा १० करोडभन्दा बढीको कारोवार हुने आयोजनको अनुमान छ  ।