Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


सिन्धुपाल्चोकस्थित कारागार कर्मचारी आवासमा आगलागी


0
Shares

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक चौतारामा रहेको जिल्ला कारागारको कर्मचारी बस्ने आवासमा  आगलागी भएको छ ।

आइतबार साँझ ५ बजेको समयमा विद्युत सर्ट भएर आगलागी भएको होे ।

आगलागीबाट १५ लाख बराबरको क्षति भएको तथा विवरण संकलनको कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका सुचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

स्थानिय र प्रहरीको सक्रियतामा तत्काल आगो नियन्त्रणमा आएकाले ठुलो क्षति हुनबाट जोगिएको छ ।

आगलागीबाट प्री फ्याप भवनमा क्षती पुग्नाका साथै कर्मचारीले आवासमा प्रयोग गर्ने सामाग्री जलेका छन् ।

ग्यास लगायत तत्काल आगो सल्किने सामाग्रीहरु धेरै रहेका कारण आगो क्षणभरमै फैलिएको थियो ।