
नवलपुर, मंसिर २२ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङले समयमा सम्पन्न हुन नसकेर रुग्ण अवस्थामा रहेका आयोजनाको पहिचान गरेर काम नसकी अलपत्र पार्नेलाई कारवाही गरिने बताएका छन् ।
आइतबार निर्माणाधिन सडक खण्डको निरीक्षण गर्न नवलपुर पुगेका उनले कुनै पनि आयोजना निर्माणको जिम्मेवारी लिने र समयमै काम नसकी अलपत्र पार्नेलाई कारवाही स्वरुप ठेक्का सम्झौता तोडेर नयाँ प्रक्रिया अनुसार काम अघि बढाइने बताए ।
मन्त्री नेम्वाङले आयोजनाका काममा लापरवाही गर्ने, अलपत्र पार्ने, समयमा नसक्ने निर्माण कम्पनी जो कसैलाई पनि कारबाहीको दायरामा ल्याइनेछ भने ।
उनले पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड निर्माण समयमै सम्पन्न हुने बताए ।
प्रतिक्रिया दिनुहोस्