
पोखरा, मंसिर २२ । पोखरामा आयोजित सातै प्रदेशका सभामुखहरुको भेला ६ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ ।
भौतिक संरचना, जग्गा अभावदेखि मर्यादाक्रममा देखिएका समस्यालगायतका विषय घोषणा पत्रमा समेटिएको गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले बताए ।
भेलामा संघीय कानून नबन्दा प्रदेशमा समस्या आउने गरेकाले एउटै स्वरमा कानून बनाउन केन्द्रलाई दवाव दिन समेत सभामुखहरु एकमत देखिएका छन् ।
उनीहरुले संघीयता कार्यान्वयनमा तीनै तहको समन्वय आवश्यक पर्नेमा समेत जोड दिएका छन् ।
अनुभव आदान प्रदान, समस्या, सहकार्यलगायतका विषयमा छलफल गर्ने उद्देश्यले शुक्रवारबाट भेलाको आयोजना गरिएको थियो । कार्यक्रममा सातै प्रदेशका सभामुख र उपसभामुखको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्