४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025


चराचुरुङ्गीबाट बाली जोगाउँदै किसान


0
Shares

सर्लाही । सर्लाहीका किसान कहिले फौजी किरा त कहिले चराचुरुङ्गीबाट पीडित भइरहेका छन् ।

फौजी किराबाट हैरान भएका किसान अहिले गहुँ र मकै बालीमा काग, सारौं जस्ता चराचुरुङ्गीबाट प्रभावित भएका छन् ।

चराचुरुङ्गीबाट जोगिन किसानले खेतमा लठ्ठीमा प्लाष्टिक झुड्याउने, मानिस जस्तै देखिने पुत्ला बनाएर राख्ने र खेतबारीमै गएर रुङ्ने जस्ता काम गरिरहेका छन् ।

ईश्वरपुर, चन्द्रनगर, हरिपूर्वा, लालबन्दीलगायतका क्षेत्रमा गहुँ र मकै खेतमा किसानले बाली जोगाउन यस्ता उपाय अपनाएका हुन् ।

काग र सारौंले भर्खरै उम्रिएको मकै र गहुँको टुसा खाइदिने गरेकोे किसानले बताएका छन् ।