
काठमाडौं । शाही युवा शक्ति नेपालले राजसंस्था र हिन्दु अधिराज्य पुर्नस्थापनाको लागि चरणबद्ध आन्दोलन गर्ने भएको छ ।
काठमाडौमा आज पत्रकार सम्मेलन गरी शाही युवा शक्ति नेपालले पौष १ गते स्वर्गीय राजा महेन्द्रको स्मृृति दिवसको अवसर पारेर चरणबद्ध आन्दोलन सुरु गर्ने जानकारी दिएको हो ।
शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले पौष १ गते भव्य रुपले स्वर्गीय राजा महेन्द्रको स्मृति दिवस मनाउने र सोही दिनदेखि राजसंस्था तथा हिन्दु अधिराज्य पुर्नस्थापनाको लागि चरणबद्ध आन्दोलनको घोषणा गर्ने जानकारी दिए ।
युवा शक्ति नेपालले स्मृति दिवसलाई भव्य रुपले सम्पन्न गर्न र जनसंघर्षमा सहभागिताको लागि आह्वान गरेको छ ।
यस्तै, उसले राजसंस्था पुर्नस्थापनाको लागि काम गरिरहेका विभिन्न संघसंगठनलाई एकताको लागि आह्वान समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्