
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मिचिएको नेपाली भूमि फिर्ता ल्याउन कूटनीतिक र राजनीतिक पहल भइरहेको बताएका छन्
आज(शनिबार) राजधानीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले नेपाली जमिनमा विदेशीको आँखा लाग्न नदिने दाबी गरे ।
नेपालको सार्वभौमसत्तालाई कुनै पनि देशले दख्खल दिन नहुने भन्दै उनले विचार र आस्था मिलेन भनेर मुड्की बजाएर नबस्न आग्रह पनि गरे ।
अहिले विनाशको समय नभएको भन्दै विकास निर्माणमा एक जुट हुनुपर्ने समय भएको उनको भनाइ छ ।
मन्त्री बाँस्कोटाले असल हुनुभन्दा धनी हुन सिकाएकाले समाजमा विकृति देखिएको भन्दै विकृति अन्त्य गर्न सबैको साथ आवश्यक रहेकोमा जोड दिए ।
उनले सरकार प्रचलित व्यवस्थाअनुसार विधिको शासन स्थापनामा लागेको बताए ।
समाज, पार्टी, व्यक्तिको लोकतान्त्रीकरण हुनुपर्ने भन्दै मन्त्री बाँस्कोटाले व्यक्तिवादी सोचले अराजकता सिर्जना गराउने बताए ।
प्रतिक्रिया दिनुहोस्