४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


सेजलाई आईटी पार्क जस्तो नबनाउनुस: अर्थमन्त्री


0
Shares

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले पाँचखालमा निर्माणाधीन विशेष आर्थिक क्षेत्र (सेज) बनेपाको आइटी पार्क जस्तो प्रयोगविहीन नबनाउन आग्रह गरेका छन् ।

उनले शनिबार पाँचखाल नगरपालिका–८ मा निर्माणाधीन सेजको निरीक्षणका क्रममा स्थानीय जनप्रतिनिधिसँग निर्माण तथा प्रयोगमा तदारुकताका साथ लाग्न आग्रह गरेका हुन् ।

सेज निर्माणका लागि बजेटको कमी हुन नदिन उद्योग मन्त्रालयसँग यसबारे समन्वय गरिरहेको उनको भनाइ छ ।

मन्त्री खतिवडाले सरकार एक्लैले सेज सञ्चालन गर्न नसक्ने भएकाले स्थानीय सरोकारवालाले व्यवसायी खोज्नुपर्ने बताए ।