Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


डडेल्धुरामा आँखा उपचार केन्द्र स्थापना


0
Shares

डडेल्धुरा । जिल्लाको परशुराम नगरपालिका जोगबुडामा आँखा उपचार केन्द्र स्थापना गरिएको छ । केन्द्रको स्थापना भएसँगै भित्रि मधेशका हजारौं जनसंख्या लाभान्वित हुने भएका छन् ।

कैलालीको गेटा आँखा अस्पतालको समन्वयमा जोगबुडा अस्पतालको परिसरमै स्थापना गरिएको आँखा उपचार केन्द्रमा टेलिमेडिसिनको विधिबाटसमेत आँखाको उपचार हुने उपचार केन्द्र जोगबुडाले जनाएको छ ।

जिल्लाको आधा जनसंख्या रहेको भित्रिमधेशमा स्थापना भएको आँखा उपचार केन्द्रमा अहिले दैनिक दर्जनौं आँखाका बिरामी उपचारका लागि पुग्ने गरेका छन् भने घरछेउमै उपचार सेवा सुविधा पाएपछि उनीहरुले खुशी व्यक्त गरेका छन् ।