४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


बुर्तिबाङ बजार क्षेत्रमा अव्यवस्थित तार, मालबाहक गाडीहरुलाई समस्या


0
Shares

बाग्लुङ । बाग्लुङको बुर्तिबाङ बजार क्षेत्रमा अव्यवस्थित तारका कारण ठूला मालबाहक गाडीहरुलाई सामान ओसारपोसार गर्न समस्या बढ्दै गएको छ ।

बुर्तिबाङ बजारमा टेलिफोन, इन्टरनेट, विद्युत लगायत तारहरु व्यवस्थित नहुँदा ठूला मालबाहक गाडीले तारहरु चुडिन थालेपछि समस्या उत्पन्न भएको हो ।

बजारको धौलागिरीचोक, परिवर्तनचोक लगायतका स्थानहरुमा तारहरु अस्तव्यस्त बन्दै जाँदा यसको व्यवस्थापनमा कसैले ध्यान नदिएको स्थानीयहरुको गुनासो छ ।

तारहरु चँडीएर इन्टरनेट तथा फोनमा समस्या आउँदा संचालकहरुले समेत आफूहरुलाई दोषी ठहराउने गरेको गाडी चालक मनबहादुर सिउठानीले गुनासो गरे ।

बजारको सौन्दर्यलाई ध्यानमा राख्दै अस्तव्यस्त तारहरुको व्यवस्थापनको लागि ढोरपाटन नगरपालिकाले विभिन्न योजना बनाएको नगरपालिका प्रमुख देवकुमार नेपालीले बताए ।