
काठमाडौं । शिल्पी थिएटरको प्रस्तुती ‘शिल्पी नाट्य यात्रा २०७६’ अहिले जनकपुरमा छ ।
‘कल्पना र उर्मिला दुःखमा छन्’ नामक कचहरी नाटक शिल्पीका कलाकारहरुले जानकी मन्दिर अगाडि प्रस्तुत गरे ।
‘कल्पना र उर्मिला दुःखमा छन्’ कचहरी नाटकमा कक्षा १० मा पढ्दापढ्दै आफ्नो कक्षाकै एक युवकसँग प्रेममा परी भागी विवाह गरेपछि उसको जिन्दगीमा आउने उतारचढावलाई देखाउन खोजिएको छ ।
नाटकमा १६ वर्षीया चुलबुले केटीको कथा समेटिको छ । नाटकले महिला हिंसाको विषयलाई उठान गरेको छ ।
स्थानीयले नाटक मन परेको प्रतिकृया दिएका छन । दर्शकले दिएको सुझाव र प्रतिकृयाले आफूहरु थप उत्साहित भएको नाटक निर्देशक घिमिरे युवराजले बताए ।
नाटक धनुषाको चार स्थान र महोत्तरीको दुई स्थानमा देखाइएको थियो ।
प्रतिक्रिया दिनुहोस्