
संखुवासभा । संखुवासभाको पाँचखपन नगरपालिकामा विस्फोटक पदार्थसहित नेकपा नेता नेत्र विक्रम चन्द (विप्लव) समुहका कार्यकर्ता पक्राउ परेका छन ।
चैनपुर नगरपालिका–५ घर भएका ३० वर्षिय यामप्रसाद गौतमलाई पाँचखपन नगरपालिका–८ को पोख्राङ गाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्लाको पाँचखपन क्षेत्रभित्र विप्लव समुहका कार्यकर्ता हतियारसहित घुमफिर गरिरहेको सुचनाका आधारमा गस्तीमा गएको टोलीले विस्फोटक पदार्थसहित गएराती पक्राउ गरेको हो ।
पक्राउ परेका विप्लव समुहका कार्यकर्ताबाट विस्फोटक पदार्थ बनाउन प्रयोग गरिने निओजेल १५ थान, ईलेक्ट्रिक डेटोनेटर १३ थान, नन् डेटोनेटर ११ थान, सेप्टी प्यूज ९.९५ मिटर, मोवाइल र डायरीहरु बरामद गरिएको छ । गौतमबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्