
-संजिव कार्की
यौन, यौन जीवन, यौन आनन्द र यौन प्रसंग प्रायः सबैलाई रमाइलो नै लाग्छ । सृष्टीको अनुपम वरदान यौनजन्य क्रियाकलाप जति सुन्दर छ जति आकर्षक छ । जति सुमधुर छ त्यति नै विकराल विकृत र बदनाम पनि छ । सामजिक जीवनमा जसरी अनुशासनको महत्व र गरिमा हुन्छ त्यस्तै यौनमा पनि यसको अनुशासन, मर्यादा र जिम्वेवारी रहन्छ । यौन आनन्द मात्र हैन यौन जीवन पनि हो । यौन कला पनि हो । यौन सबैभन्दा ठूलो यसको ब्यबस्थापन पनि हो ।
यौन जीवनमा यौन ब्यबस्थान कलामा अत्यन्तै सुन्दर चिज जब अब्यबस्थित बनिदिन्छ तव यसमा कुरुपता र विकराल, भयानक परिस्थिति उत्पन्न हुनजान्छ । सुन्दर हराभरा र आकर्षक देखिने मान, सम्मान, इज्जत ,प्रतिष्ठा पल भरमै खरानी बन्छ । जीवनका लागि यौन अपरिहार्य छ तर ब्यबस्थित र मर्यादित । मर्यादाहीन यौनले जीवन र जगतकै बदनाम गर्छ । व्यक्तिको व्यक्तित्व नरक वास योग्य बनाइदिन्छ । नरक जेल हो, त्यहाँको बासिन्दा बनाउँछ अब्यस्थित यौन र अबैधानिक यौनले । यौन रहस्यमय छ । जब यसको रहस्य अप्राकृतिक रुपमा बाहिरिन्छ तव यसले नकारात्मक रौनकको नकारात्मक परिणतीतिर उन्मुख गराउछ । संसारभर बढी खोजिने, चर्चा र बदनाम दिने र लुकाइने विषय वा मामला हो यौन । जति बदनाम, जति बर्जित, जति रहस्यमय भएपनि यो सृष्टीको अभिन्न पाटो हो ।
विकृतीरहित बस्तु, पात्र र चिजबिज संसारमै केही नहोला त्यसैले यौन पनि विकृतिरहित छैन । यौन पृथ्वीमा व्यापार बनेको पहिलो पेशाको रुपमा पनि परिभाषित छ । यद्यपी, यसको व्यापार ब्यबसाय संसारकै निक्रिस्ट पेशाको रुपमा बुझिन्छ । यौन ब्यापारीलाई अत्यन्तै घटिया नजरले हेरिन्छ । विश्वको सबैभन्दा पहिले शुरु भएको धन्दा भए पनि यो धन्दा सर्वत्र बर्जित निन्दयोग्य छ ।
विगतमा ठूलाठूला तपस्वी, ज्ञानी, ध्यानी ऋषि महर्षिहरु, राजा महाराजाहरुको तपस्या ध्यान भंग गरी, अप्सरा , तिलोत्तमा आदिको प्रयोग गरिन्थ्यो । सांसारिक मोहजाल र माया भ्रम भन्दै घर ब्यबहार, यौन जीवन सब त्यागेकाहरुलाई उसको सत् जाँच्ने विधिको रुपमा रंगीबिरंगी अप्सराहरु खटिने गर्थे । त्यागी तपस्वीको ध्यान भंग गराउन अनेकन ‘सेक्सी’ हाउभाउ गर्थे कति विचलित हुन्थे कति सतमा अडिग रहन्थे । जो विचलित बन्न पुग्थे तिनीहरु पुनः घर गृहस्थ गरेर सामान्य जीवनमा फर्कन्थे । जो तपस्यामा लीन हुन्थे तिनीहरु महातपस्वी ज्ञानी, ध्यानी, ऋषि महर्षि बन्थे । छुटै इज्जत र मान प्रतिष्ठामा पुग्थे । आजपनि ज्ञान ,ध्यान , धर्म, योग भनेर बिभिन्न धर्म, सम्प्रदायका मानिसहरु मठ मन्दिर, गुम्बा र मस्जिदमा छन ।
यौन जीवन त्यागेर सन्यास ग्रहण गरेका हुन्छन । तर हिजो अप्सरा र मेनकाहरु प्रयोग हुन्थे । आज भक्त भक्तिनीको रुपमा नरनारीहरु बिभिन्न आश्रममा पुग्छन । ज्ञानी, ध्यानीको संकल्प र अठोटमा धावा बोल्छन । सुन्दरीहरु आफैं धावा मात्रै बोल्दैनन, ज्ञानी, ध्यानीको गुप्त ‘सेक्स पाटनर’ बन्छन । कतिपय अवस्थामा लामो समयसम्म ज्ञानी सन्यासीको यौन, भोक, शान्त पार्छन । सन्यास लिनेहरु स्त्रीबाट स्त्रीको संसर्गबाट टाढा रहने आफ्नो धर्मबाट च्युत बनेर स्त्रीलम्पट भएर निस्कन्छन । अनि नाजायज तर सहमितिमा यौनजन्य क्रियाकलाप गर्छन । बिभिन्न धार्मिक, सामाजिक अखडामा अवैध यौनजन्य क्रियाकलापमा संलग्न बन्छन । जब सम्बन्धमा दरार पैदा हुन्छ तव पूर्वसहमति ,पूर्वमित्रता शत्रुतामा बदलिन्छ र सेक्स बलात्कारमा परिणत हुनुपुग्छ ।
गुरु चेला पीडक र पीडितको अवस्थामा पुग्छन । विगत लामो समयदेखि अबैध सेक्स सम्बन्ध राख्नेहरु एकाएक बलात्कार गरेको आरोप सहित सार्वजनिक बन्छन र व्यक्तिको सार्वजनिक छवी, ध्वस्त हुन्छ । हालसालै कृष्णबहादुर महरा जो सभामुख थिए देशको उच्चस्तरीय भाइटल पोष्टमा विराजमान थिए । यस्तै बलात्कारको अभियोगमा पद र प्रतिष्ठा गुमाएर जेलको चिसो छिडीमा छन् ।
यहाँ प्रश्न उठ्छ वर्षौको अन्तरंग सम्बन्ध एकाएक बलात्कारमा परिणत कसरी भयो ? बलात्कार आफैंमा जघन्य पशुवत ब्यबहार हो तर वर्षौ सम्बन्धमा रहेका मान्छेहरु अकस्मात बलात्कारको अभियोगमा पर्छन भने त्यतिबेला गम्भीर भएर सोच्न बाध्य हुनुपर्छ । अबैध सम्बन्ध किन बलात्कार भएर प्रकट हुन्छ ? कुन स्वार्थको गोटी बन्न पुग्छन महिलाहरु ? बलात्कार भनेर किन अनेकन कुराको बार्गेनिङ हुन्छ ? सहमतिको सम्बन्ध कसरी यौन शोषण र बलात्कारसम्म पुग्छ ? बलात्कार भएका छन, यौन शोषण भएका छन, यौन सम्बन्ध रहेका छन तर मनमुटाव भएपछि मात्रै बलात्कार हुने, यौन शोषण हुने घटना र अवस्थाको गम्भीर समीक्षा हुनु जरुरी छ ।
अबैध सेक्स सहमतिमा नै भएपनि हाम्रो कानुन, सामजिक रित र परम्पराले वर्जित गरेको छ । दण्डनीय अपराध मानेको छ । तर परस्परको सहमतिमा लामोसमयसम्म चलेको सेक्स सम्बन्ध अचानक बाहिर आउनु अनि बलात्कार कै अभियोगमा पुग्नुमा चै यसको गाम्भीर्यता । र प्रकृति अनुसार अलि फरक ढंगले विश्लेषण गरेर कानुन बन्न सकेन भने आरोपको आधारमा पनि धेरैको सामाजिक जीवन चौपट हुन्छ । धार्मिक आस्था खण्डित हुन्छ , राजनीतिक सिद्दान्त चकनाचुर हुन्छ । समाजमा बिभिन्न आवरणको पर्दा भित्र सेक्स खरिदबिक्री देखि , सेक्स सम्बन्ध, सेक्स शोषण अनि बलात्कार सबै घटना भएका छन र हुन्छन आदि अनादिकालदेखि कालदेखि सेक्स अनेकन रुपमा आएको छ ।
सबै यौन सम्बन्ध बलात्कार हुदैनन् तर जुनसुकै प्रकारको सेक्स सम्बन्धलाई बलात्कार र शोषण भनेर बुझाउने त्यस्तै उजुर बाजुर गर्ने संस्कार शुरु भएको छ यो डरलाग्दो सामाजिक रोग , घटना , प्रकोप बन्दैछ िसबैजसो सेक्स सम्बन्ध दरारमा पुग्दा बलात्कार भनिने घटनाको कारण बास्तविक बलात्कार र घटना सामान्यीकरण हुदैछ । यसको प्रत्यक्ष मार वास्तविक पीडितलाई पर्न सक्छ । अतः बलात्कार जस्तो पशुवत र निर्मम घटनाको सामान्यीकरण रोकौं । बलात र हठात जे गरिन्छ त्यो बलात्कार हो ।
अतिशयोतिपूर्ण हेराइ समेत बर्जित मानिएको छ भने जबर्जस्ती करणी कानुनको नजरमा क्षम्य हुनै सक्तैन । बिभिन्न डर धाक, लोभ प्रलोभनमा यौन शोषण भएका छन । जसलाई बाहिर ल्याउन समय लाग्छ । मौका पर्खनु पर्छ । तर बलात्कारको घटना जहिले गरे पनि पहिलो नै हुन्छ । त्यसैले यसको कानुनी उपचार तुरुन्त र समयमै गर्नुपर्छ । सहमतिका सम्बन्धहरु बलात्कारको आवरणमा प्रकट भएका धेरै उदाहरण सुन्न र देख्न पाइएका छन । जुन निन्दनीय र लज्जास्पद छन् । धर्म संस्कृतिको नाममा पनि बिभिन्न साधु सन्तहरु, सन्यासी र योगीहरू, पिठाधीस र मठाधीशहरु बारम्बार चर्चा र विवाद अनि बलात्कारको प्रयास अनि बलात्कारको अभियोगमा विश्वभर नै पर्ने गरेका छन् ।
भारतमा आशाराम बापू, रामरहीम लगायतका सन्तहरु धर्मको आडमा बलात्कार गर्ने ढोंगी र पाखण्डी भएर निस्केका ताजा उदाहरण हुन् । त्यसैगरी नेपालमा पनि बलात्कार र यौन शोषणको आरोपमा सन्त देखि गुम्बामा बस्ने भिक्षु अनि लामाहरु पनि आरोपित छन । कति प्रमाणित भएर दण्ड भोग्दैछन भने कतिको छानबिन हुँदैछ । कति पक्राउ पर्न सकेका छैनन् । धार्मिक, समुह, सम्प्रदाय र आस्थाको कारण पनि यिनीहरु ज्यादती गरेर पनि सत्ता र शक्तिको आडमा बलिया छन । भर्खरै एक महिलाको उजुरीको आधारमा एक शक्तिसाली सन्त कृष्णदास महाराज पक्राउ परेर छानबिनको क्रममा हिरासतमा छन । दक्षिणकाली स्थित गुम्बाका धर्मगुरु टुल्कु लामा यौनदासी बनाएर बलात्कार गरेको आरोप प्रमाणित भएर अहिले जेलमा छन् । आफुलाई लिटिल बुद्द भनेर चिनाउने रामबहादुर बम्जन बलात्कार र हत्याको गम्भीर आरोपमा छन । तर यिनी शक्तिको बलमा पक्राउ पर्न नसक्ने आजसम्मका सबैभन्दा बलिया धर्मगुरु बनेका छन । प्रस्तुत उदाहरणले के देखाउँछ भने यौन सबै धर्म सम्प्रदाय, राजनीति सबैतिर ब्यबस्थापन गर्न नसकेका कारण बदनाम छ । यौन ब्यबस्थापन असाध्यै जटिल र बृहत भएकोले धेरै मान्छेहरु ठुलो पद, ओहोदा र व्यक्तित्वहरु यसको विचलनमा परेका छन ।
यौन ब्यबस्थापनको सबैभन्दा असल र भरपर्दो माध्यम विवाह हो । तर आजकल मान्छेहरु विवाह इतर सम्बन्ध राखेर पनि यौनको भोक प्यास मेटाउछ्न, यौन सम्बन्ध बनाउछन । साधना तपस्याबाट यौन आकांक्षालाई निर्मम तवरले दबाएर पनि यौनलाई ब्यबस्थापन गर्न केही मान्छेहरु सफल छन । तर अधिकांस मान्छे यौन विचलनमा पुग्छन । फलत साधु सन्तहरु विवाह गर्न पुग्छन । त कति यौन शोषण र बलात्कारको फन्दामा जाकिन पुग्छन । यौनलाई बर्जित होइन ब्यबस्थित र मर्यादित बनाउनुपर्ने आवश्यक्ता विगतमा पनि थियो आज पनि उत्तिकै छ ।
लिभिंग टुकेदर पनि एक प्रकारको यौन ब्यबस्थापनको माध्यम हो । तर आजभोली लिभिंग टुकेदर मात्र हैन बिबाह पनि बलात्कारको रुपमा देखिएको छ । विवाह बलात्कारको लाइसेन्स हो, भनेर भन्ने मान्छेहरु पनि थिए । यो विषय बिबादित थियो । अहिले कसैकसैले बैबाहिक बलात्कारको केस गरेर आफ्नो श्रीमान् पक्राएको घटना र कारणले पनि विवाह बलात्कार पनि बन्न पुगेको छ । यौन आनन्द हो, सृस्टी धान्ने चक्र हो तर यसलाई यौन शोषण, बलात्कार बनाएर मानव सभ्यता क्रुर र घीनलाग्दो बन्दैछ । यौन सदुपयोग हुनुपर्ने, दुरुपयोग र दुर्भाग्य हुदैछ । बैध यौन, अबैध यौन, यौन शोषण र बलात्कार ,यौनका नै रुपहरु हुन् । तर यौनको दुरुपयोग, यौन सम्बन्धको व्यापार, कानुनी बन्दोबस्तीमा गम्भीर, बहस, छलफल, निचोड र निस्कर्ष आवस्यक छ ।
अन्यथा यौनमामला स्वभाविक बन्न छोडेर अस्वाभाविक, उत्ताउलो, अमर्यादित, व्यापार, बार्गेनिंग र अभिशाप बन्ने बाटोमा पुग्नेछ । हाम्रा सामाजिक सम्बन्धहरू टुटफुटमा जानेछन । व्यक्तिको निजी जीवन र सार्वजनिक जीवन चौपट हुनेछ । यौन अराजकता बढ्ने छ । अराजकताको अन्तिम रुप समाजको दुर्घटना हो । जुन बारम्बार दोहोरिनु दुर्घटना स्वाभाविकतामा परिणत हुँदै जानु हो ।
प्रतिक्रिया दिनुहोस्