२६ माघ २०८१, शनिबार | Sun Feb 9 2025


शान्तिको कामना गर्दै पाठ


0
Shares

काठमाडौं, मंसिर २१ । शान्तिको कामना गर्दै काठमाडौंमा महापरित्राण पाठ गरिएको छ ।

पूर्व सांसद तथा समाजसेवी लक्ष्मीदाश मानन्धरको ९२ औ जन्मोत्सवको अवसरमा महापरित्राण पाठको आयोजना गरिएको हो ।

भन्ते तथा गुरु गुरुमाहरुबाट महापरित्राण पाठ गरिएको हो । महापरित्राणमा बुद्धका उपदेश त्यसैगरी ज्ञानमाला भजन, प्रवचनसहित दान गरिने गरिन्छ ।

महापरित्राण पाठबाट चित्त शुद्ध हुने, शान्ति मिल्ने र मनोकामना पूरा हुने विश्वास गरिन्छ ।

महापरित्राण पाठमा भन्ते र गुरुमा गरी ८० बढीले ज्ञानभजन प्रस्तुति गर्नेछन् ।