Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


दोधाराचाँदनी झोलुङ्गे पुल आजबाट बन्द हुने


0
Shares

कञ्चनपुर, मंसिर २१ । जीर्ण बन्दै गएको कञ्चनपुरकोे दोधाराचाँदनी झोलुङ्गे पुल मर्मत कार्य सुरु गरिएको छ ।

ठाँउ-ठाँउमा नटबोल्ट तथा प्लेटहरु टुटेपछि आजबाट पुलको मर्मत कार्य सुरु गरिएको हो । पुलको मर्मत कार्यलाई लागि दिउँसो ५ घण्टा र रातीमा २ घण्टा गरि दैनिक ७ घण्टाका लागि आवागमन बन्द गरिएको छ ।

पुलको मर्मतका लागि भीमदत्त नगरपालिकामा बसेकोे सर्वपक्षीय बैठकले दैनिक बिहान ७ः१५ देखि ९ः१५ बजेसम्म, दिउँसो ११ देखि २ बजे तथा राति ८ देखि १० बजेसम्म  पुलमा आवागमन बन्द गर्ने निर्णय गरेको हो ।

पुल मर्मतका लागि सुदूरपश्चिम प्रदेश सरकारले गत वर्ष ५० लाख र चालू आर्थिक वर्षमा ६० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

यस्तै डडेल्धुराको खाम्पाचे-देबभूमि कन्स्ट्रक्सन तथा क्वालिटी सप्लायर्र्स अमरगढी ५ जेभीसँग १ करोड १० लाखमा पुल मर्मतका लागि सम्झौता भएको माहाकाली नगरपालिकाले जनाएको छ ।

२०६१ सालमा ९ करोड ४२ लाख ४१ हजार रुपैयाँमा निर्माण गरिएको पुलको लम्बाई १ हजार ४ सय ५२ मिटर रहेको छ ।

पुलमा ५० किलो तौलसम्मका सामाग्री मात्रै बोक्न पाइने नियम बनाइएपनि मापदण्ड विपरित सामानहरु बोक्ने गरेकाले पुल जीर्ण बन्दै गएको हो ।