३२ जेष्ठ २०८१, शुक्रबार | Fri Jun 14 2024


निकुन्जमा जडान गरिएका जासुसी क्यामेरा प्रभावकारी बन्दै


0
Shares

कन्चनपुर । वन्यजन्तु चोरीशिकारी नियन्त्रण गर्न कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जडान गरेको जासुसी क्यामेरा प्रभावकारी बन्दै गएको छ ।

चोरी शिकार हुन सक्ने सम्भावित नाकामा क्यामेरा जडान गरी निकुञ्ज कार्यालयले संरक्षित वन्यजन्तु, दुर्लभ जडीबुटी र काठ तस्करी रोक्नका लागि निगरानी बढाएको हो ।

निकुञ्ज कार्यालयले जेडएसएल नेपालको सहयोगमा चोरी शिकार हुन सक्ने सम्भावित नाकामा १२ वटा जासुसी क्यामरा जडान गरेको जनाएको छ ।

क्यामेराले निगरानी बढाउन थालेपछि चोरी शिकारका घटना न्यूनीकरण गर्न टेवा पुगेको र यो प्रविधि निकै प्रभावकारी भएको कार्यालयले जनाएको छ ।