
काठमाडौं । नेपालीहरूले साउन १५ गते अर्थात् आज खीर खाएर मनाउँदै छन् ।
बर्खायामको झरीमा भिजेको शरीरलाई निरोगी बनाउन तथा उर्जामय राख्न खीर खाने चलन चलेको जानकारहरु बताउँछन् ।
आजको दिन परिवारका सदस्य, इष्टमित्र, आफन्त, छरछिमेकीसँग बसेर खीरलगायत मिष्ठान्न परिकार खाने चलन छ ।
नेपाली समुदायमा असार १५ मा दही चिउरा र साउन १५ मा खिर खाने चलन छ ।
स्वास्थ्यका दृष्टिले मरिच, सुकेको नरिवल, दालचिनीलगायतका मसला राखेर बनाइएको खीर यो मौसमका लागि उपयुक्त मानिन्छ ।
आजको दिनलाई राष्ट्रिय खिर दिवसका रुपमा मनाउन केही नेपालीहरुले सरकारलाई प्रस्ताव समेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्