
नवलपुर, मंसिर २० । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतले नेपाली भूमि मिचेको विषयलाई सरकारले चासो नदिएको आरोप लगाएका छन् ।
शुक्रबार नेपाल प्रेस युनियन नवलपुरले गरेको कार्यक्रममा उनले ‘कालापानीबारे भारतसँग वार्ता गर्न नखोज्नुले प्रधानमन्त्री केपी शर्मा ओलीको नीति राष्ट्रवाद नभएर लम्पसारवाद हो’–भने ।
उनले देशका सबै पार्टीहरु र जनताले समर्थन गर्दा पनि सरकारले सीमा सुरक्षा गर्नतर्फ ध्यान नदिएको जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस्