२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025


भारत दाहाललाई प्रधानमन्त्री बनाउने खेलमा : बिजुक्छे


0
Shares

भक्तपुर, मंसिर २० । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भारत पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने ‘डिजाइन’मा लागेको दाबी गरेका छन् ।

शुक्रबार भक्तपुरको ख्वपः इन्जिनियरिङ कलेजको १८औं वार्षिकोत्सव कार्यक्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था खराब भएपछि भारत दाहाललाई प्रधानमन्त्री बनाउने खेलमा लागेको जिकिर गरे ।

भारतकै डिजाइनमा नेकपामा दुई अध्यक्ष बनाइएको दाबीसमेत उनले गरे ।

दाहाललाई प्रधानमन्त्री बनाएर लिपुलेक, कालापानी र लिम्पियाधुरा आधा–आधा गर्ने डिजाइन पनि भइरहेको बिजुक्छेको भनाइ थियो ।

भारतसँगको सीमा विवादलाई अन्तर्राष्ट्रिय अदालतमा पुर्‍याउन दिएको सुझाव सरकारले नमानेको भन्दै उनले यसतर्फ सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिए ।