
केदार कटवाल/ईमेज:
उदयपुर । सडक निर्माण कम्पनीको ढिलासुस्तीका कारण सदरमुकाम गाईघाट देखि पूर्वी क्षेत्रका सर्वसाधारण बर्षादको समयमा सास्ती भोग्नु बाध्य भएका छन् ।
धरान चतरा–गाइघाट–कटारी–सिन्धुली सडक अन्तर्गत गाइघाट–बेलटार खण्डमा ग्रावेल, ग्याभिङ नगर्दा चौदण्डीगढी नगरपालिकाका सर्वसाधारण सदरमुकामसम्म पुग्न ठुलो कष्ट उठाउनु परेको हो ।
शर्मा एण्ड लामा जेडआइइसी जेभीले सडक निर्माण गर्ने क्रममा गाइघाट–बेलटार सडकको खैरहा–फूलजोरसम्म करिब ८ किलोमिटर सडक निर्माणका क्रममा जमिन मुनीको दलदले माटो र ठूला ठूला खाल्टा बनाइ माटो फिलिङ, ग्याभिङ तथा ग्रावेल नगरीदिदा यातायातका साधन संचालन हुन नसकेको हो ।
यस सडकमा यातायातका साधन संचालन नहुदा सप्तरी ,सिराहा हुँदै सदरमुकाम गाइघाटसम्म पुग्न वाध्य हुनु परेको स्थानीयको गुनासो छ ।
गाइघाट–हडीया–फत्तेपुर हुँदै उदयपुरको पूर्वी खण्ड कोशीसम्म सडक संजालले जोडिए पनि त्यस खण्डमा पर्ने एक दर्जन भन्दा बढी स्थानमा नदी, खोला खहरेमा पुल नहुदा सप्तरी ,सिरहा हुदै सदरमुकाम पुग्न बैकल्पीक सडक प्रयोग गर्न सर्बसाधारण बाध्य भएका हुन ।
उदयपुरको पूर्वी सीमाबाट सदरमुकाम ६० किमीको दुरी भएता पनि बैकल्पिक सडकले यात्रा कष्टकर र महंगो भएको हो ।
उता निर्माण कम्पनीले भने भण्डारण गरेको वस्तु सकिनु र नदीबाट श्रावण–भाद्र महिनामा नदिजन्य बस्तु स्थानीय तह, जिल्ला समन्वय समिति, चुरे–तराइ मधेस राष्ट्रपति संरक्षण समितिले रोक लगाएका कारण निर्माणमा ढिलाइ भएको बताएको छ ।
प्रतिक्रिया दिनुहोस्