
काठमाडौं, मंसिर २० । पछिल्लो तीन दिनयता नेपाली बजारमा सुनको मूल्यमा लगातार गिरावट भइरहेको छ ।
बुधबार र बिहीबार लगातार ओरालो लागेको सुनको मूल्य साताको अन्तिम दिन शुक्रबार पनि प्रतितोला रु. तीन सय ले गिरावट भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला रु. ७१ हजार सात सय तोकेको छ ।
बिहीबार छापावाला सुन प्रतितोला रु. ७२ हजारमा खरिदबिक्री भएको थियो । यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रु. ७१ हजार चार सय निर्धारण गरिएको छ ।
बिहीबार तेजाबी सुन प्रतितोला रु. ७१ हजार सात सय मा कारोबार भएको थियो । सुनको मूल्य घटे पनि चाँदीको मूल्य भने यथावत् रहेको छ ।
शुक्रबार चाँदी प्रतितोला रु. आठ सय ५० मा खरिदबिक्री भइरहेको महासङ्घले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्