Logo ८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026


अदालतलाई ओलीको ललकारः अदालती फैसलाको मूल्यांकन हुन्छ


0
Shares

kp oli in samsad

काठमाडौं, साउन २६ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले अदालतले गरेको फैसलाको मूल्यांकन गरिने भन्दै तीब्र आक्रोश व्यक्त गर्नुभएको छ ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा सर्वोच्च अदालतले गरेको फैसलाको इतिहासले मूल्यांकन गर्छ भन्दै ओलीले भन्नुभयो, ‘अदालतलाई धेरै विवादमा ल्याउन जरुरी छैन, अदालले जे ग¥यो त्यसको मूल्यांकन होला, वाक्य वाक्य शब्द शब्दको मूल्यांकन होला, कोही पनि इतिहासको खरो मूल्यांकनबाट उम्किन पाउँदैन ।’

अदालतले पहिलो पटक देउवालाई प्रधानमन्त्री बनाएर दुनियाँमा कहिँ नभएको नजीर कायम गरेको टिप्पणी गर्दै ओलीले यो सरकार जनादेशबाट होइन परमादेशबाट, जाली मुद्दाबाट बनेको आरोप लगाउनुभयो ।

अदालतलाई मर्यादामा बस्न चुनौती दिँदै ओलीले भन्नुभयो, ‘जनताले भरोसा गर्ने संस्थाहरुबीच सन्तुलन नबिग्रोस्, मेरो चिन्ता लोकतन्त्रमाथि छ, लोकतान्त्रिक प्रणालीमा संस्थाहरु आ–आफ्नो मर्यादा र ठाउँमा बसेर काम गर्नुपर्छ ।’

तत्कालिन प्रधानमन्त्री ओलीले गरेको संसद विघटनलाई बदर गर्दै सर्वोच्च अदालतले पुनर्स्थापना गरिदिएको थियो भने धारा ७६ (५) अनुसार प्रधानमन्त्री दावी गर्ने देउवालाई उक्त पदमा नियुक्त गर्न राष्ट्रपतिका नाममा परमादेश दिएको थियो ।