
चितवन, मंसिर १९ । चितवन मेडिकल कलेजका विद्यार्थीहरुले बिहीबारदेखि सुरु भएको चिकित्साशास्त्र स्नातक तह प्रथम वर्षको परीक्षा बहिस्कार गरेका छन् ।
उनीहरुले एमबीबीएस र बीएनएसकोे परीक्षा विद्यार्थीहरुले बहिस्कार गरेका हुन् ।
परीक्षामा तीनजना पूरक परीक्षार्थीमात्रै सहभागी भएका थिए ।
उत्तरपुस्तिका लिएर परीक्षा केन्द्रबाट बाहिर निस्कनेक्रममा विद्यार्थीहरुले अवरोध गरेपछि सामान्य बल प्रयोग गरेको प्रहरीले जनाएको छ ।
विद्यार्थीहरुले भने प्रहरीले विद्यार्थीमाथि दमन गरेको र लट्ठी भाँचिने गरी विद्यार्थीलाई कुटपिट गरेकोे आरोप लगाएका छन् ।
विद्याथीहरुले परीक्षा केन्द्रमा लगाएको ताला कलेज प्रशासन र प्रहरीले तोडेको थियो ।
चितवन मेडिकल कलेजको शिक्षण युनिटमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् ।
विद्यार्थीहरुबाट सरकारले तोकेकोभन्दा बढी लिइएको रकम फिर्ता गर्नुपर्ने माग गर्दै विद्यार्थीहरु आन्दोलित छन् ।
प्रतिक्रिया दिनुहोस्