
वीरगन्ज, मंसिर १९ । पर्साको खलवाटोला, सिर्सियाका बासिन्दाले अधिग्रहण गर्न लागिएको जग्गाको उचित मुआब्जाको माग गर्दै बिहीबार प्रदर्शन गरेका छन् ।
वीरगन्जको सिर्सियामा अवस्थित ‘ड्राइपोट’ चोकमा उनीहरुले प्रदर्शन गरेका हुन् ।
वीरगन्ज महानगरपालिका–२५, खलवाटोला, सिर्सियामा रहेको ६२ विगाह जग्गालाई सुक्खा बन्दरगाहका लागि सरकारले अधिग्रहण गर्दा चलनचल्तीको मुआब्जा दिनुपर्ने माग उनीहरुको छ ।
स्थानीयको प्रदर्शनका कारण सुक्खा बन्दरगाहबाट नेपालका लागि हुने ढुवानी दुई घन्टा प्रभावित भएको थियो ।
प्रदर्शनका कारण एकीकृत चेकजाँचचौकी (आइसीपी)बाट हुने ढुवानीसमेत प्रभावित भएको थियो ।
प्रतिक्रिया दिनुहोस्