२७ माघ २०८१, आइतबार | Sun Feb 9 2025


थापा र गजमेरलाई नारायणगोपाल स्मृति सम्मान, ‘गीत गंगा’ भवनको शिलान्यास


0
Shares

काठमाडौं, मंसिर १९ । यो वर्षको नारायणगोपाल स्मृति सम्मानबाट अग्रज संगीतसाधकद्वय गायक जगतमर्दन थापा र वरिष्ठ संगीतकार रन्जित गजमेर सम्मानित भएका छन् ।

स्वरसम्राट नारायणगोपालको २९औं स्मृति दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा नारायणगोपाल संगीत कोषले उनीहरुलाई सम्मान गरेको हो ।

पुरस्कारको राशि जनही २५ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ ।

सो अवसरमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महाराजगन्जस्थित नारायणगोपालको निवास परिसरभित्र बन्न लागेको नारायणगोपाल–पेमला ‘गीत गंगा’ भवनको शिलान्यास गरे ।

उनले गीत गंगा भवन निर्माणका लागि महानगरपालिकाले तीन करोड रुपैयाँ बजेट विनियोजन गरेको र आवश्यक थप सहयोग गर्न तयार रहेको बताए ।

कार्यक्रममा विभिन्न कलाकारहरुले नारायणगोपालका गीत–संगीतहरु प्रस्तुत गरेका थिए ।

नारायणगोपाल संगीत कोषले नारायणगोपालको स्मृति दिवसका अवसरमा वर्षेनि कार्यक्रम गर्दै आएको छ ।